नेपाल पुलिस क्लबले भलिबलको युगलाई जन्माएको छ : रामकुमारी झाँक्री

काठमाडौँ । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी उषा भण्डारीलाई सम्मान गरिएको छ । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमकाबिच भण्डारी सहित २०२४ मा स्वर्ण पदक विजेता खेलाडी तथा अफिसियलहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले खेल क्षेत्रमा हाम्रो सुरुवात भइरहेको बताएकी छन् । उनले नेपाली भलिबल इतिहासमा यो टिमले भलिबलको युगलाई जन्माएको बताइन् ।
उनले भनिन् , ‘काभा महिला क्लब च्याम्पियनसिपमा जुन स्वर्ण पदक अर्थात् अपराजित यात्राको लागि खेलाडी बहिनीहरूलाई र प्रशिक्षक सबैलाई हार्दिक बधाई छ । यो हाम्रो सुरुवात हो । यो भलिबल राष्ट्रिय खेल हो । एउटा यस्तो युग आउँछ र त्यस्ता व्यक्ति र व्यक्तित्वहरूले युगलाई जन्माएका हुन्छन् । नेपाली भलिबल इतिहासमा यो टिमले भलिबलको युगलाई जीवित र जन्माएको छ ।’
साथै, उनले यसरी अपराजित हुँदै आफ्नो जित निकालेको भलिबल टिमले राष्ट्रिय खेल हो भनेर प्रमाणित गरेको बताइन् । उनले भलिबललाई अझै उच्च स्थानमा पुर्याउनका लागि राज्यले ध्यान दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ