सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

देवदहका स्थानीयले फाले नगरपालिका कार्यालय अगाडि फोहोर

मङ्गलबार, ०८ असोज २०८१, २१ : ३५
मङ्गलबार, ०८ असोज २०८१

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यालय अगाडि स्थानीयले फोहोर फालेका छन् । नगरपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापन नगरेको भन्दै स्वतन्त्र आवाज देवदहको समूहले नगरपालिका अगाडि फोहोर फालेको हो।

पटक–पटक फोहोर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएको र दुई महिनादेखि फोहोर व्यवस्थापन नगरिँदा दुर्गन्ध फैलिएपछि नगरपालिका अगाडि फोहोर फालिएको स्वतन्त्र आवाज देवदहका अभियन्ता प्रेम थापा मगरले बताए । स्थानीयले समेत गुनासो गरेपछि फोहोर फालेर दबाब दिन बाध्य भएको उनले बताए ।  

देवदह नगरपालिकाकाले भने फोहोर व्यवस्थापनका लागि काम भइरहेको र केही दिनमा   समस्या समाधान हुने देवदह नगरपालिकाका शाखा अधिकृत रमेश गिरिले बताए । देवदह–५ रहेको डम्पिङ साइटमा दीर्घकालीन रुपमा व्यवस्थापनको लागि संरचना निर्माणको काम भइरहेको र निर्माणकार्य सकिन साथ फोहोर व्यवस्थापनको काम सुरु हुने गिरिको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप