बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यूएईलाई सजिलै हरायो अमेरिकाले

मङ्गलबार, ०८ असोज २०८१, २१ : २७
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा अमेरिकाले यूएईलाई १ सय ३६ रनको विशाल अन्तरले हराएको छ । मंगलबार भएको खेलमा ३ सय ४० रनको लक्ष्य पछ्याएको यूएईले ३६.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३ रन मात्र बनाउन सक्यो ।

टोलीका लागि ३ खेलाडीले अर्धशतक बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । राहुल चोपराले सर्वाधिक ५२ रन बनाए भने आसिफ खानले ५१ रन तथा बासिल हमिदले ५० रन जोडे । 

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र नोस्टहुस केन्जिगेले ३–३ विकेट लिए । जसदीप सिंहले २ विकेट हात पारे ।

यसअघि, मिलिन्द कुमारको शानदार १ सय ५५ रनको मद्दतले अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३९ रन बनाएको थियो । 

उनलाई सैतेजा मुकामालाले १ सय ७ रन बनाए । शमित पटेलले ४८ रन जोडे । यूएईका लागि आयान अफजल खानले २ तथा जुनैद सिद्धिकी र अली नसिरले १–१ विकेट लिए ।

८ खेलबाट छैटौँ जितसहित अमेरिका अङ्क तालिकामा १२ अङ्कसहित दोस्रो स्थानमा छ । यूएई ६ खेलबाट मात्र २ अङ्क बटुलेर पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप