पारस खड्का बने डिपलको ब्राण्ड एम्बेस्डर

काठमाडौँ । ईभी ब्राण्ड डिपलको ब्राण्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । मंगलबार डिपलको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले उनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो ।
कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुको साथै डिपल एस ०७ को कि ह्याण्डओभर समेत गरेको छ । सोही क्रममा उनले नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफू डिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुसी लागेको भन्दै डिपलले छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल भएको बताए ।
उनले भने, ‘मैले हस्ताक्षर गरेको पत्र एस ०७ हो । ७ भन्ने शब्द मेरो लागि व्यक्तिगत रूपमा पनि मेरो मनमा छ किनभने मैले ७७ नम्बर नेपालको लागि क्रिकेट खेल्दा लगाएको नम्बर हो । यसको साथै म सातौँ क्याप्टेन पनि हो । यो ७ भन्ने शब्द मेरो जीवनमा धेरै तरिकाले जुरेको पनि छ । डिपलको यो समारोहमा एस ०७ गाडी र पूरै परिवारसँग नै जोडिन पाउँदा खुसी लागेको छ ।’
यो कार बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ भित्रबाट पनि उत्तिकै राम्रो भएको पनि उनको भनाई छ ।
यसको साथै, उनले पछिल्लो समय नेपाली क्रिकेटलाई सबैले चिन्न सफल भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।
चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगानको उत्पादन डिपल गत चैतमा मात्र नेपाल भित्रिएको हो । उत्कृष्ट पावर पिकअपसँगै आकर्षक लुक्स, लग्जरियस् फिचर्स र रेञ्जका कारण डिपल छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु