जनप्रगतिशील मञ्च अस्ट्रेलियाको सहयोगमा तामाङद्वारा छात्रवृत्ति वितरण
झापा । नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्राको अध्ययनका लागि आर्थिक सहयोग गरेको छ । मञ्चले झापाको कमल गाउँपालिकामा तीन जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जनही २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले उक्त छात्रवृत्ति वितरण गरेका हुन् । छात्रवृत्ति प्राप्त गर्नेमा कमल गाउँपालिका–५ सिमलेकी बबिता राई, कमल–१ बाँसबारीकी अनु धिमाल, कमल–१ बाँसबारी शुक्रबारेकी दीपा विक छन् ।
राई इलाम चुलाचुलाचुलीस्थित किरात चोलुङ आधारभूत विद्यालयको कक्षा ३, धिमाल बाँसबारी माध्यामिक विद्यालयको कक्षा १ र विक बाँसबारी माध्यामिक विद्यालयको कक्षा ८ की छात्रा हुन् ।
विपन्न परिवारका राई र धिमाल दुवैका बाबुको मृत्यु भएको र दुवैका आमामा अपांगता भएका कारण पढाई खर्च जुटाउन धौधौ परेकाले सहयोग गरिएको तामाङले बताए । कक्षा ८ की प्रथम छात्रा विक जेहेन्दार विद्यार्थी हुन् । उनका बुबा वैदेशिक रोजगारीमा छन् ।
कार्यक्रममा मञ्चका अस्ट्रेलिया अध्यक्ष दीपक खनाल र खिम भण्डारीको पहलमा प्राप्त छात्रवृत्ति रकम प्राप्त भएको तामाङले बताए ।
तामाङले विदेशी भूमिमा बसेर पनि आर्थिक अभावका कारण पढाई छाड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि सहयोग गरेको भन्दै मञ्च र त्यसका पदाधिकारीलाई धन्यवाद दिए ।
यो वर्षमात्र देशका विभिन्न स्थानमा ५० विद्यार्थीलाई त्यस्तो छात्रवृत्ति उपलब्ध गराइएको मञ्चले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?