समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न समितिको निर्देशन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले राजदूत सिफारिस गर्दा संविधानको धारा २८२ को उपधारा १ बमोजिम समावेशी र संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा ३ को उपदफा १ बमोजिम समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा सिफारिस गर्न सरकारलाई निर्देशन दिएको जानकारी गराइन् ।
सभापति न्यौपानेले सरकारले राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न सिफारिस गर्दा संसदीय सुनुवाइ समितिको कार्यविधिको दफा ३ को उपदफा २ र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को खण्ड ६ बमोजिम सम्बन्धित उम्मेदवार वा व्यक्तिको योग्यता लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रमाणित कागजात एकैसाथ राखियोस समितिमा सिफारिस गर्न पनि निर्देशन दिइन् ।
समितिले सरकारले साउन १४ को श्रीलङ्काका लागि नेपाली राजदूत पदमा रामकृष्ण भट्टराईले राजदूत पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी फिर्ता लिएकाले उक्त पदमा नियुक्तिका लागि निजको नाम समितिका सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट स्वीकृत गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा