सिद्धार्थ नगरका मेयर र उपमेयर एकै पटक विदेश भ्रमणमा
मङ्गलबार, ०८ असोज २०८१, १७ : ५४

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकै पटक विदेश भ्रमणमा निस्किएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका हुन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् ।
सिद्धार्थ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापा मगरले दसैँ सुरु भएपछि मात्रै मेयर र उपमेयर फर्किने बताएका छन् ।
मेयर इस्तियाकले कार्यवाहक जिम्मेवारी १३ नम्बरका वडाध्यक्ष सोमबहादुर गुरुङलाई दिएका छन् । कांग्रेसबाटै निर्वाचित भएका वडाध्यक्ष गुरुङलाई कार्यवाहक दिँदा प्रवक्ता रहेका वडाध्यक्ष मुक्ति नाथ (भोला) यादव असन्तुष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरीर एकीकृत समाजवादीको कार्यालयमा
-
तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा उम्मेदवारी दिने विचार गरिरहेका छन् ट्रम्प
-
स्वास्थ्य बिमा सेवामा हैरानी छ, सहज बनाउ सरकार !
-
तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ