समाचार
सरकारी वकिल कार्यालयमा दुर्गा प्रसाईंसँग २ घण्टा बयान
मङ्गलबार, ०८ असोज २०८१, १७ : ५०

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग मंगलबार बयान लिइएको छ । झन्डै २ घण्टा लामो समयसम्म सरकारी वकिल कार्यलय काठमाडौँमा प्रसाईंसँग बयान लिइएको हो ।
प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउको भोलिपल्ट उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो ।
अस्पतालले प्रसाईँलाई मंगलबार डिस्चार्ज गरेसँगै बयानका लागि सरकारी वकिलमा लगिएको साइबर ब्यूरोका एक अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो
-
यी हुन् शिक्षक महासङ्घले क्याबिनेटबाट पास गर्नुपर्ने भन्दै अघि सारेका ९ बुँदे प्रस्ताव
-
नक्कली सरकारी एजेन्ट बनेर वृद्धलाई ठग्ने दुई भारतीय अमेरिकामा पक्राउ
-
अमेरिकाबाट डिपोर्ट भएपछि बाको अँगालोमा
-
जितुको ‘ज्वाइँ साब’ ओटीटीमा
-
६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर