शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

राप्रपाले अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ

मङ्गलबार, ०८ असोज २०८१, १७ : ३३
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । राप्रपाका नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन् । 

मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताएका हुन् । उन आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको बताए। 

उनले राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताए । उनले पार्टीले अतिवादी धर्ममा विश्वास नगरी उदारवादमा विश्वास गर्ने बताए । आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उल्लेख गरे । 
उनले भने, ‘हाम्रो यो पार्टी धर्म, संस्कृति, संस्कार, परम्पराको जगमा गठन भएको हो । यसपछि राष्ट्रियता, प्रजातन्त्र, उदारवाद जुन नारा छ, हामी राष्ट्रवादी हौँ । या प्रजातन्त्रप्रति प्रतिवद्ध छौँ । मान्छेहरुले हामीलाई परम्परावादी शक्ति भन्छन्, हामी लिबरल(उदार) छौँ । हामी अतिवादी धर्मवादी होइनौँ । हामी उदार किसिमको धर्मको कुरा गर्छौं । हामी हिन्दुवादी राज्यको कुरा गर्छौं । हामी अतिवादी धर्ममा विश्वास गर्दैनौँ । हामी उदारवादमा विश्वास गर्छौं । सबैलाई धार्मिक स्वतन्त्रता हुनुपर्छ । पहिचानलाई हिन्दुराष्ट्र हुनुपर्छ भनेर हामी अगाडी बढेका छौँ ।’

उनले पार्टीले आन्दोलनको तयारी गरेको सन्दर्भमा आन्दोलनको तयारी पूर्णरुपमा खुला रुपमा नगर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप