छविलाल जोशीको पहिलो दिनको बयान सकियो
![छविलाल जोशीको पहिलो दिनको बयान सकियो](https://npcdn.ratopati.com/media/news/chhabilal-pokhara-(9)_VpT2qdBVm1.jpg)
पोखरा । गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ ।
जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीश कमला काफ्लेको उपस्थितिमा जोशीको मंगलबार बयान लिइएको हो । बयान बुधबार पनि जारी रहने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बयान सकिन ३ दिन लाग्ने बताए ।
आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई सोही राति जहाजमार्फत पोखरा ल्याइएको थियो ।
सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
जोशीविरुद्ध सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले १० दिनको म्याद मागेको थियो ।
पूर्वडीआईजी समेत रहेका जोशी सहकारीको रकम हिनामिना गरेर फरार रहेको गितेन्द्रबाबु राई (जिबी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गोरखा मिडिया नेटवर्कमा साझेदार थिए ।
संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको खुलेपछि कारबाही गर्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य