सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषका पदाधिकारी र निर्माण व्यवसायीबिच तनाव

मङ्गलबार, ०८ असोज २०८१, १६ : ४९
मङ्गलबार, ०८ असोज २०८१

बुटवल  ।  लुम्बिनी विकास काेषका पदाधिकारी र निर्माण  व्यवसायीबिच मंगलबार विवाद भएको  छ । तीन दिनदेखि  काम गरेको रकम माग गर्दै काेषविरुद्ध  आन्दोलनमा रहेको  निर्माण व्यवसायीहरू र पदाधिकारीबिच तनावको अवस्था भएको हो ।

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक हाेटलमा कार्यक्रम भइरहेको बेला टेकदारहरूको एक हुल होहल्ला गर्दै आक्रमणमा उत्रेको विकास काेषका पदाधिकारीहरूले दाबी गरे ।

काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराज शाक्यमाथि हातपात  समेत भएको लुम्बिनी  विकास काेषका प्रेस सल्लाहकार  विनाेद परिवारले बताए ।

 गुरुयोजनाको कामकाे भुक्तानी नपाएको भन्दै आन्दाेलनरत निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको उनको भनाइ छ । 

यता निर्माण  व्यवसायीहरुले भने सामान्य विवाद भएको जिकिर गरेका छन् ।  निर्माण  व्यवसायी सन्ताेष अधिकारले आज विरोधमा कार्यक्रममा लुम्बिनी बचाउ महाअभियान , हाेटल व्यवसायी संघ लगायतमा आवद्धहरु रहेको बताए । उनले आफूहरूलाई प्रहरीले कार्यक्रम स्थलमा प्रदेश गर्न नदिएपछि अहिले लुम्बिनी विकास धर्नामा सुरु गरेकाे बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप