महानगरद्वारा गंगालाल अस्पतालको फोहोर सङ्कलनमा रोक
हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटियो
मङ्गलबार, ०८ असोज २०८१, १६ : २८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर सङ्कलनमा रोक लगाएको छ ।
वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर सङ्कलन केन्द्रमा पुग्दा हानिकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानिकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर सङ्कलनमा रोक लगाइएको बताइएको छ ।
अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ ।
फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा नभएको र चप्पल लगाएर ओहोरदोहोर गरिरहेको समेत भेटिएको महानगरले जनाएको छ ।
अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’