सिंगापुरका पूर्वमन्त्री घुस काण्डमा दोषी ठहर
मङ्गलबार, ०८ असोज २०८१, १६ : १०
सिंगापुर । सिंगापुरका पूर्वयातायातमन्त्री एस. इश्वरन घुस काण्डमा दोषी ठहर भएका छन् । स्थानीय पत्रपत्रिकाहरूमा छापिएका समाचारका अनुसार स्थानीय अदालतले ६२ वर्षका इश्वरनलाई दोषी ठहर गरेको हो ।
सिंगापुरमा सरकारी अधिकारीहरूमाथी यस्ता मुद्दा विरलै लाग्ने गरेका छन् । दोषी ठहर भएसँगै इश्वरनले अब आफूले लिएको हरेक उपहारका अभियोगका लागि २ वर्षसम्मको जेल सजाय भोग्नु पर्नेछ ।
आफ्नो कार्यकालमा उनले सिंगापुरमा फर्मुला १ ग्रयान्ड प्रिक ल्याएका थिए । सोका लागि उनले ३ लाख डलरभन्दा धेरै मूल्य पर्ने हवाई टिकट, होटलमा बसाई संगीत कन्सर्ट र ग्र्यान्ड प्रिक्सको टिकट लिएको उनको अभियोग पत्रले देखाएको छ ।
जनवरीमा अभियोग लाग्ने बित्तिकै आफू निर्दोष रहेको भन्दै इश्वरनले पद त्यागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : रोज डे मनाइँदै
-
योजना छनोटमा हुने बेथिति रोक्न कानुन बनाउँदै कर्णाली सरकार
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?