वालिङ नगरपालिकाविरुद्ध गोल वर्षा गर्दै आर्मी दोस्रो चरणमा, चन्द्राको ह्याट्रिक

काठमाडौँ । एन्फा महिला लिग भलिबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा विभागी टोली त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकाविरुद्ध गोल वर्षा गरेको छ । आर्मी क्लबले वालिङ नगरपालिकालाई ८–० गोलले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको उक्त खेलमा आर्मी क्लबलाई सजिलो जित दिलाउन चन्द्रा भण्डारीले ह्याट्रिक गरिन् । उत्कृष्ट प्रदर्शनका कारण चन्द्रा प्लेयर अफ दि म्याच पनि घोषित भइन् ।
विजयी टोलीका लागि विमला विक र अमिशा कार्कीले पनि दुई–दुई गोलको योगदान गरे । वालिङ नगरपालिकाबाट एउटा आत्मघाति गोल भएको थियो । आर्मी क्लब आठ खेलबाट १९ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा आसिन छ ।
आर्मी क्लबले ६ जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ । आर्मी क्लबले जितसँगै दोस्रो चरणमा स्थान पनि पक्का गरेको छ । वालिङ नगरपालिका भने आठ खेलबाट १२ अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ ।
वालिङ नगरपालिकाको पनि अर्को चरण प्रवेश गर्ने सम्भावना जीवितै छ । आठ खेलबाट २२ अंक बटुल्दै तालिकाको पहिलो स्थानमा रहेको एपीएफ क्लब र सात खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लब पनि दोस्रो चरणमा पुगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी महिला लिगमा १० टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका कोषाअध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’