बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कानपुर टेस्टमा भारतले बनाउन सक्छ यी ११ रेकर्ड

मङ्गलबार, ०८ असोज २०८१, १५ : ३५
मङ्गलबार, ०८ असोज २०८१

कानपुर । भारत र बंगलादेशबिचको टेस्ट शृङ्खलाको दोस्रो खेल २७ सेप्टेम्बरबाट कानपुरमा सुरु हुँदैछ । चेन्नई टेस्ट २८० रनले जितेर भारतले शृङ्खलामा १–० को अग्रता लिइसकेको छ ।

 टोलीले अब कानपुर टेस्ट जितेर शृङ्खला कब्जा गर्न सक्छ। योसँगै बंगलादेशसँग दोस्रो खेल जितेर शृङ्खला बराबरी गर्ने मौका छ ।

खेलमा भारतले थुप्रै नयाँ कीर्तिमान बनाउन सक्ने सम्भावना रहेको छ । ती कीर्तिमानबारे यहाँ चर्चा गरिएको छ ।

  • टेस्टमा चौथो सबैभन्दा सफल टोली

भारतसँग सबैभन्दा बढी टेस्ट जित्ने टोलीमा दक्षिण अफ्रिकालाई पछाडि पार्ने मौका छ । भारतले अहिलेसम्म ५८० मध्ये १७९ खेल जितेको छ भने दक्षिण अफ्रिकाले पनि त्यति नै टेस्ट जितेको छ । कानपुर टेस्ट जितेर भारतले दक्षिण अफ्रिकालाई उछिन्दै १ सय ८० औँ जित हात पार्नेछ।

यदि भारतले दोस्रो खेल जित्यो भने टोली टेस्टमा चौथो सबैभन्दा सफल टोली बन्नेछ । भारतभन्दा वेस्ट इन्डिज (१८३ जित), इंग्ल्यान्ड (३९७ जित) र अस्ट्रेलिया (४१४) मात्रै अगाडि रहनेछन्।

  • पाकिस्तानलाई पछाडि छोड्ने अवसर

भारतले बंगलादेशविरुद्धको १४ मध्ये १२ टेस्ट जितेको छ भने २ खेल बराबरीमा सकिएको छ । दक्षिण अफ्रिका र पाकिस्तानले पनि बंगलादेशलाई १२–१२ वटा टेस्टमा पराजित गरेका छन् । कानपुर टेस्ट जितेपछि भारतीय टोली बंगलादेशलाई सबैभन्दा धेरै हराउने टोलीमध्ये चौथो स्थानमा पुग्ने छ । श्रीलंका २० जितसहित पहिलो स्थानमा छ । जबकि वेस्ट इन्डिज र न्युजिल्यान्डले बंगलादेशलाई १४–१४ टेस्टमा पराजित गरेका छन् ।

virat kohli

  • विराट ९ हजार टेस्ट रन नजिक

भारतका पूर्व कप्तान विराट कोहलीले टेस्टमा ९ हजार रन पुरा गर्ने नजिक छन् । हाल उनको नाममा ११४ टेस्टमा ८ हजार ८ सय ७१ रन छन् । कानपुरमा बंगलादेशविरुद्ध १२९ रन बनाएर उनले ९ हजार रनको आँकडा पार गर्न सक्छन् । चेन्नई टेस्टको २ इनिङ्समा कोहलीले ६ र १७ रन मात्र बनाउन सके ।

यदि कोहलीले कानपुर टेस्टमा ९ हजार रनको अङ्क पार गरे भने उनी त्यसो गर्ने चौथो भारतीय खेलाडी बन्नेछन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर, राहुल द्रविड र सुनिल गावस्करले मात्र यो गर्न सकेका छन् ।

  • विराटले ब्राडम्यानलाई उछिन्न सक्छन्

विराट कोहलीको नाममा ११४ टेस्टमा २९ शतक छ । यदि उनले बंगलादेशविरुद्ध एक शतक प्रहार गरे भने अस्ट्रेलियाका महान् खेलाडी सर डोनाल्ड ब्राडम्यानभन्दा धेरै शतक बनाउनेछन् । ब्राडम्यानको नाममा ५२ टेस्टमा २९ शतक छ । भारतका लागि सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचीमा विराट चौथो स्थानमा छन् । उनीभन्दा अगाडि तेन्दुलकर, द्रविड र गावस्कर छन् ।

  • विराट २७ हजार अन्तर्राष्ट्रिय रन नजिक

विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा २७ हजार रन नजिक छन् । उनले टेस्ट, ओडीआई र टी–२० गरी तीनवटै फर्म्याटमा ५३४ खेलमा २६ हजार ९६५ रन बनाएका छन् । कानपुरमा मात्र ३५ रन बनाएर उनी २७ हजार अन्तर्राष्ट्रिय रन बनाउने चौथो खेलाडी बन्नेछन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर, श्रीलंकाका कुमार संगकारा र अस्ट्रेलियाका रिकी पोन्टिङले मात्र यो गर्न सकेका थिए ।

rohit sharma

  • रोहितले द्रविडलाई उछिन्न सक्छन्

भारतीय कप्तान रोहित शर्माको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा ४८ शतक छन् । कानपुर टेस्टमा अर्को शतक प्रहार गरेसँगै उनी भारतका लागि सबैभन्दा धेरै शतक बनाउने खेलाडीको तेस्रो स्थानमा पुग्नेछन्। उनी अहिले राहुल द्रविडको बराबरीमा छन् । द्रविडको नाममा ४८ अन्तर्राष्ट्रिय शतक पनि छ । रोहितको टेस्टमा १२ शतक, एकदिवसीयमा ३१ र टी–२० मा ५ शतक छ ।

  • अश्विनले लायनलाई पछि पार्न सक्छन् 

भारतका रविचन्द्रन अश्विनसँग टेस्ट विकेटको मामिलामा अस्ट्रेलियाका नाथन लियोनलाई उछिन्ने मौका छ । लायनको नाममा हाल १२९ टेस्टमा ५३० विकेट छन् भने अश्विनले १०१ टेस्टमा ५२२ विकेट लिएका छन् । अश्विनले कानपुरमा ९ विकेट लिएर लायनलाई पछि पार्नेछन् ।

योसँगै अश्विन पनि सर्वाधिक विकेट लिने स्पिनरको चौथो स्थानमा पुग्नेछन् । यो रेकर्डमा श्रीलंकाका मुथैया मुरलीधरन पहिलो, अस्ट्रेलियाका शेन वार्न दोस्रो र भारतका अनिल कुम्बले तेस्रो स्थानमा छन् ।

ashwin

  • वार्नलाई पछाडि छोड्ने अवसर

रविचन्द्रन अश्विनले हाल १०१ टेस्टको ३७ इनिङ्समा ५ वा सोभन्दा बढी विकेट लिएका छन् । अश्विनले कानपुर टेस्टमा ५ विकेट लिएपछि अस्ट्रेलियाका लिजेण्ड शेन वार्नलाई पछि पार्नेछन् । वार्नको नाममा ३७ इनिङ्समा ५ प्लस विकेट लिने कीर्तिमान छ ।

कानपुरमा ३८ औं पटक ५ वा सोभन्दा बढी विकेट लिएर अश्विन यो कीर्तिमानमा दोस्रो स्थानमा पुग्नेछन् । श्रीलंकाका मुरलीधरन ६७ पटक ५ वा सोभन्दा बढी विकेट लिएर पहिलो नम्बरमा छन् । 

  • जडेजा ३०० टेस्ट विकेटको नजिक

भारतका रवीन्द्र जडेजाले चेन्नई टेस्टको २ इनिङ्समा ५ विकेट लिएका थिए । योसँगै उनले टेस्ट क्रिकेटमा २९९ विकेट लिएका छन् भने कानपुरमा थप एक विकेट लिने बित्तिकै टेस्टमा ३०० विकेट पूरा गर्नेछन् । उनी भारतबाट यस्तो गर्ने पहिलो बायाँ हात स्पिनर बन्नेछन् ।

विश्वका दुई बायाँ हाते स्पिनरले मात्र टेस्टमा ३०० भन्दा बढी विकेट लिन सकेका छन् । श्रीलंकाका रंगना हेराथ ४३३ विकेटका साथ पहिलो र न्युजिल्यान्डका ड्यानियल भेट्टोरी ३६२ विकेटका साथ दोस्रो स्थानमा छन् ।

jadeja

  • ३००+ विकेट र ३०००+ रन

रवीन्द्र जडेजाले बंगलादेशविरुद्ध ३०० विकेट पूरा गरेसँगै टेस्ट अलराउन्डरको अनौठो कीर्तिमानमा आफ्नो नाम थप्नेछन् । जडेजा टेस्टमा ३००० भन्दा बढी रन बनाउने र ३०० भन्दा बढी विकेट लिने विश्वकै दोस्रो बायाँ हाते स्पिनर बन्नेछन् । उनीअघि न्युजिल्यान्डका ड्यानियल भेट्टोरीले मात्र यो गर्न सकेका थिए ।

जडेजाको नाममा टेस्टमा ३१२२ रन छन् । जडेजा ३००+ विकेट र ३०००+ रन पूरा गर्ने विश्वका चौथो र भारतका दोस्रो स्पिनर बन्नेछन्। उनीअघि भारतका रविचन्द्रन आश्विनले मात्र यो गर्न सकेका थिए ।

  • केएल राहुल ३ हजार टेस्ट रन नजिक

भारतका मिडल अर्डर ब्याट्सम्यान केएल राहुलले टेस्ट रन पूरा गर्न ३ हजार नजिक पुगेका छन् । उनको नाममा हाल ५१ टेस्टमा २९०१ रन छ । जसमा ८ शतक र १४ अर्धशतक रहेका छन् । उनले चेन्नईमा १६ र २२ रनको पारी खेलेका थिए । कानपुरमा उनले ९९ रन बनाएसँगै ३ हजार टेस्ट पूरा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप