सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘नेपाल एड्भेन्चर एक्स्पो’ २०२४ हुँदै

मङ्गलबार, ०८ असोज २०८१, १५ : १८
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौं । ‘नेपाल एडभेन्चर एक्स्पो’ को दोस्रो संस्करण शनिबार हुने भएको छ । एक्स्पोको पहिलो संस्करण समेत आयोजना गरेको एआर भेन्चर्सको आयोजनामा दोस्रो संस्करण हुन लागेको हो । 

गत वर्षको सेप्टेम्बरमा आयोजना गरिएको पहिलो संस्करणको भज्य सफलतासँगै एआरले दोस्रो संस्करणको आयोजना गर्न लागेको हो ।

उक्त एक्स्पो शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य बुटिक होटलमा आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिए । कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गर्नेछ । उक्त कार्यक्रमको इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटेल र डिजाइन पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका छन् । यसपटकको एक्स्पोमा एक सय भन्दा धेरै ब्राण्डका ५० भन्दा धेरै स्टलहरु उनको भनाइ छ ।

एक्स्पोको पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना गरिएको थियो । शेर्पाका अनुसार उक्त कार्यक्रम नेपालको भौतिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवद्र्धन, पद–यात्रा, ट्रेकिङ, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकीय गतिविधिहरूमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरूको प्रदर्शन, किनमेल र नेपालीहरूलाई साहसिक पर्यटन गतिविधिहरूमा प्रोत्साहित गर्न सफल भएको थियो । यस पटक पनि सोही उद्देश्यसहित दोस्रो संस्करण लिएर आएको आयोजक शेर्पा बताउँछन् ।  

पहिलो संस्करण  राम्रो भएकोले पनि दोश्रो संस्करण आयोजना गर्न अझ हौसला मिलेको छ, पहिलो संस्करणमा हामीले ५० वटा स्टलहरु राखेका थियौँ, एक्स्पोमा २ हजार पाँच सय भन्दा धेरै व्यवसायी ग्राहकले भ्रमण गर्नुभएको थियो’ शेर्पाले भने, ‘पटकको एक्स्पो एक सय भन्दा धेरै ब्रान्डका ५० वटा स्टलहरु राखिनेछन् । यो वर्ष पनि त्यति नै बराबरको अवलोकनकर्ता आउने लक्ष्य राखेका छौं ।’

उक्त एक्स्पोमा ५० देखि एक सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको स्टल राखिने छ । साथै एक्स्पोमा राखेका विभिन्न ब्रान्डले आफ्नो ब्रान्डलाई अन्वेषण गर्ने प्लेटफर्म पाउने उनले जानकारी दिए ।

एक दिनको उक्त एक्स्पोमा पिक प्रमोसन ट्रेडिंग, हिमालयन सिङ्गल ट्रर्याक, स्विचव्याक नेपाल, इनिसियाटीभ आउटडोर, एक्सटेर्र नेपाल, द लस्ट रिसोर्ट, हाइग्राउन्ड एड्भेन्चर, बलुन नेपाल, एपिक माउन्टेन बाइक, बीएण्डबी हस्पिटल, द बाइक फर्म, फलयिङग वन्डरस प्यारागलाइडिंग स्कुल, हुम्टो, ग्रभिटी नेपाल, पोखरा एण्डुरो, हिमालयन मेडिक्स, द नर्थ फेस, आरोहण लगायतको स्टल राखिनेछ ।

त्यस्तै, काठमाडौँ बाइक स्टेसन, हिरो मोटो कर्प नेपाल, लुक्ला आउटडोर, सत्य मिडिया कलेक्टिभ, शान्त नेपाली प्रडक्शन, डुलुवा आउटडोर्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, स्योसल टुर्स, ल्युमिन एण्ड नेपाल, स्न्याक अन नेपाल, श्रेडर्स, ट्रेलमान्डु, नेपाल ट्रेल सिरिज, नोभेल्टिज इन्टरनेशनल, एड्भेन्जी, सप्लाई सप्पोर्ट, आशस हेल्थ केर, गेको गेयर, द पम्प, क्लकवर्क ट्रेल्स, हाइटेड नेपाल, ८८५० मिडिया लगायतको समेत स्टलहरू रहने शेपाले जानकारी दिए ।  

एक्स्पोमा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूबाट अनुभवका कथा, यात्राको बारेमा कार्यशाला र साहसिक पर्यटन सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने आयोजक संस्थाका संस्थापक अजय नरसिंह राणाले बताए ।

नेपालीहरू सबैभन्दा ठूलो चाड दशैं र तिहारको बिदा अक्टोबरको यही समयमा हुने भएकोले अहिले धेरै नेपालीहरूले विभिन्न यात्रामा बिदा मनाउन यो समय रोज्न थालेका छन् । यस अवधिमा ग्राहकहरूले आउटडोर गतिविधिहरूको लागि र आफ्नो गन्तव्य, कपडा, सामान र अन्य सम्बन्धित सामाग्रीहरू सबै एकै ठाउँमा पाउने सकिने र सहज हुने कार्यक्रमका आयोजक शेर्पाको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप