शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ महिला विश्वकपको आधिकारिक गीत

मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । ३ अक्टोबरदेखि यूएईमा सुरु हुन गइरहेको महिला टी–२० विश्वकपअघि आईसीसीले प्रतियोगिताको आधिकारित गीत ‘ह्वाटएभर इट टेक्स’ सार्वजनिक गरिएको छ । 

युट्युब च्यानलमा रिलिज गरिएको यो गीतसँगै आधिकारिक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । यसमा प्रतियोगिताको सिनेम्याटिक प्रिभ्यू देखाइएको छ । यसमा महिला विश्वकपका हाइलाइटहरु पनि समावेश छन् ।

यो गीत भारतको महिला पप समूह ‘विस’ ले तयार गरेका हुन् । यसका संगीत निर्देशक मिकी म्याकलेरी र कम्पोजर पार्थ पारेख छन् । यसलाई म्युजिक हाउसले निर्माण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया