समाचार
श्रीलंकाका लागि प्रस्तावित राजदूतले लिए नाम फिर्ता
मङ्गलबार, ०८ असोज २०८१, १४ : ३९

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूतले आफ्नो नाम फिर्ता लिएका छन् । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका हुन् ।
संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले दिएको जानकारी अनुसार उनले नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा राजदूतबाट नाम फिर्ता लिएका हुन् ।
‘उहाँले अन्तिम समयमा आएर ११ गतेसम्मलाई समय माग गर्नुभएको थियो । तर हामीले ४५ दिन कटाएर समय दिन सकेनौँ‚’ उनले भनिन्‚‘त्यसैले उहाँले प्रमाणपत्र उपलब्ध गराउन सकिन । नाम फिर्ता लिन्छु भनेर निवेदन दिनुभयो।’ न्यौपानेका अनुसार ३ बजे समितिको बैठक बसेर उनको निवेदन स्वीकृत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना