पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई जसपा नेपालले कारबाही गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सुरु गरेको चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । सम्पूर्ण तहका पदाधिकारी एवं सदस्यहरूलाई ‘जनतासँग जसपा अभियान’मा सक्रियताका साथ लाग्न जसपा नेपालले आग्रह गरेको छ ।
जसपा नेपालले सो अभियानको क्रममा पार्टी सुदृढीकरण एवं शुद्धीकरण गर्ने कार्यलाई पनि निरन्तरता दिन निर्देशन दिँदै यस अभियानमा असहयोग गर्ने, निष्क्रिय रहने, सहभागी नहुनेलाई मातहतका समितिहरूले पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भनिएको छ ।
सो अभियान भदौ ९ गतेदेखि चार महिनाका लागि सुरु भएको छ । अभियानमा पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई पालिकास्तरमा खटाएको छ ।
पार्टीको केन्द्रीय तहबाट प्रदेश स्तरको कार्यक्रम सम्पन्न गरिसकेको छ । अभियान सफल बनाउन प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गरी त्यसको प्रतिवेदन तयार गर्न कार्यकारिणी समितिका सदस्यलाई पार्टीले जिम्मेवारी दिएको छ ।
कोशी प्रदेशको अनुगमन तथा निरीक्षणका लागि राजकुमार राई र जयराम यादवलाई जिम्मेवारी दिएको छ । मधेस प्रदेशका लागि हरिनारायण यादव, बागमती प्रदेशका लागि सुनि लामा, गण्डकी प्रदेशका लागि शिवलाल थापामगर, लुम्बिनी प्रदेशका लागि राजकिशोर यादव, कर्णाली प्रदेशका लागि दीपक कार्की र सुदूरपश्चिम प्रदेशका लागि गोविन्द चौधरीलाई जिम्मेवारी दिएको जसपा नेपालको परिपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह
-
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
-
हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
-
न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
-
कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो : गंगानारायण श्रेष्ठ