अदालत
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
मङ्गलबार, ०८ असोज २०८१, १४ : ०३

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा