ट्रम्पलाई मार्ने प्रयास गरेका व्यक्तिले छाडेका थिए हत्याको विस्तृत योजना
अमेरिका । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको दुई पटक हत्या प्रयास भयो ।
दुई महिनाभन्दा कम समयमा ट्रम्पमाथि दुई पटक गोली प्रहार भयो । पछिल्लो घटनामा यही महिना फ्लोरिडाको वेस्ट पाम बिचमा रहेको गल्फ कोर्समा युक्रेनी समर्थक एक पुरुषले ट्रम्पमाथि गोली हानेका थिए । तर घटनामा उनलाई केही भएन । सन्दिग्ध ट्रम्पलाई मार्न भनेर घण्टौँदेखि ढुकिरहेको यस अघि भनिएको थियो । तर अहिले यो सत्य नभएको खुलासा भएको छ ।
यसैबिच सङ्घीय अभियोजनकर्ताहरूले मङ्गलवार पेस गरेको नयाँ फाइलिङअनुसार सन्दिग्धले ट्रम्पको हत्या प्रयासको विस्तृत योजना बनाएर एउटा पत्र लेखेको खुलासा भएको छ । पत्रको सुरुआत ‘यो डोनाल्ड ट्रम्पको हत्या प्रयास हो’ भन्नेबाट गरिएको छ । अदालतमा भएको सुनवाइमा अभियोजनकर्ताहरूले सन्दिग्ध र्यान वेस्ले राउथमाथि ट्रम्पको हत्या प्रयास गरेको भन्दै अभियोग चलाइने भनेका छन् । सङ्घीय म्याजिष्ट्रेट वकिलले थप प्रक्रियाका लागि राउथलाई हिरासतमा राख्न आदेश दिएका छन् ।
सन्दिग्धले महिनौँदेखि आफ्नो घरको चिठी पत्र राख्ने बाकसमा गोलाबारुद, धातुको पाइप, घर निर्माणमा प्रयोग हुने केही सामान, औजार, चार थान फोन र अनेकौँ पत्र राखेको एक प्रत्यक्षदर्शीले अनुसन्धानकर्ताहरूलाई भनेका छन् । हत्या प्रयासको घटना सार्वजनिक भएपछि ती प्रत्यक्षदर्शीले बाकस खोलेर हेरेका थिए । यस क्रममा विश्वलाई सम्बोधन गरेको एउटा पत्र भेटिएको थियो । आफूले ट्रम्पलाई मार्न खोजेको भए पनि असफल भएको भनिएको थियो ।
आफूले सकेको राम्रो गरेको भए पनि नसकेको र बाँकी कामको जिम्मा तपाईँहरूको भएको भन्दै ट्रम्पलाई मार्नेलाई १ लाख ५० हजार डलर दिइने भनेर पत्रमा भनिएको थियो । पत्रमा ट्रम्पले बच्चालाई छाडे जसरी इरानसँगको सम्बन्ध अन्त्य गरेको अनि अब मध्य पूर्वतिर अराजकता फैलाइरहेको पनि भनिएको थियो । ५८ वर्षका राउथमाथि हात हतियारसम्बन्धी कानुन तोडेको भनेर २ वटा मुद्दा चलाइएको छ । अनुसन्धान जारी रहेकोले अरू गम्भीर अभियोग पनि चल्न सक्ने अनुमान चर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’