कांग्रेस सभापति देउवा वीरगन्जमा, सुरक्षा व्यवस्था चुस्त बनाउन ४ सय प्रहरी परिचालन
_1VGFAZ0c4W.jpg)
वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार वीरगन्ज आइपुगेका छन् । वीरगन्जमा करिब ३० घण्टा बस्न लागेका देउवाले औपचारिक दुई र अन्य अनौपचारिक भेटघाट गर्नेछन् ।
पर्सा कांग्रेसका अनुसार औपचारिक कार्यक्रममा सभापति देउवाले मंगलबार पहिलो दिन आधारभूत अस्पतालको उद्घाटन गर्ने कार्यतालिका छ ।
पर्साका कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित आधारभूत अस्पतालको समुद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
उनका अनुसार त्यसपछि आज साँझ पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् । त्यसपछि बुधबार पार्टी सभापति देउवा महानगरको कार्यक्रम तथा भेटघाट कार्यक्रममा व्यस्त हुनेछन् । यसबाहेक उनले वीरगन्ज महानगर वडा नम्बर २४ मा आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।
उक्त कार्यक्रम सकेपश्चात उनले प्रदेशका ८ वटै जिल्ला सभापति तथा उच्च तहका नेता÷कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रदेश कांग्रेस समितिले जानकारी दिएको छ ।
देउवासँगै वीरगन्जमा कानुन मन्त्री अजय चौरसिया, पूर्व उद्योगमन्त्री रमेश रिजाल, नेता फरमुल्लाह मन्सुरलगायत पनि आएका छन् ।
यसैबीच देउवा वीरगन्जमा आएपछि वीरगन्ज आसपासका सुरक्षा व्यवस्था कडा पारिएको छ । भिभिआइपी ‘मूभमेन्ट’का लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले सुरक्षा व्यवस्था कडा बनाएको छ । वीरगन्जसँगै कार्यक्रम स्थलसम्म भिभिआईपी सुरक्षाका लागि व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पूर्वप्रधानमन्त्री देउवाको सुरक्षालाई मध्यनजर गरेर करिब ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पर्सा प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार नेपाल प्रहरीबाट मात्रै करिब २ सय प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरीबाट करिब २ सयको हाराहारीमा प्रहरी खटाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता देबेन्द्र सिंहले बताए ।
पूर्वप्रधानमन्त्री देउवाको सुरक्षाका लागि सादा पोसाक, पैदल गस्ती, सूचना सङ्कलन टोली तथा मोबाइल गस्तीसहितको प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने