जसपा नेपालद्वारा पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्न र बोल्न रोक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सामाजिक सञ्जालका साथै सञ्चारमाध्यममा पार्टीविरुद्ध लेख्न तथा बोल्न रोक लगाएको छ ।
पार्टीका कार्यकारिणी समितिको बैठकपछि महासचिव लालबाबु राउतले जारी गरेको परिपत्रमा पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवं सदस्यहरूले पार्टी हितलाई आघात पुग्ने गरी फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चारमाध्यमका लेख्न र बोल्न रोक लगाइएको उल्लेख छ ।
परिपत्रमा भनिएको छ, ‘पार्टी वा पार्टीसँग आबद्ध सङ्गठनका पदाधिकारी एवं सदस्यहरूद्वारा पार्टी हितलाई आघात पुग्नेगरी वा पार्टी अनुशासन एवं आचारसंहिता विपरीत फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल वा सार्वजनिक सञ्चार माध्यममा लेख्ने, बोल्ने वा पार्टीहीत विपरीत कार्य गर्नेलाई मातहतका पार्टी समितिले पार्टी विधान बमोजिम कारबाही गर्ने निर्णय गरियो ।’
यसअघि समेत अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक