जसपा नेपालको युवा विभागमा बिक्की, प्रचार प्रसारमा पूर्ण बस्नेत
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य विदेश्वरप्रसाद यादव (बिक्की)लाई दिएको छ ।
मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य समेत रहेका उनले नेपाल सद्भावना पार्टीबाट २०५९ देखि विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी विभिन्न पार्टी हुँदै जसपा नेपालमा सक्रिय भएर अहिले युवा, विद्यार्थी र खेलकुद विभागको प्रमुख भएका हुन् ।
कार्यकारिणी बैठकको निर्णयअनुसार २० सदस्यीय विभागमा कृष्णबहादुर लामा, कृष्णशंकर साह, डा.बबि सिंह, डेनोक मोक्तान, ताजुब कुमार लिम्बु, दीपक दोर्जे लामा, नेत्र विक्रम साह, फिरोज मिया, मनबहादुर गुरुङ, मुदु राय, रमेशकुमार महतो, रमेशकुमार यादवलगायत सदस्य छन् ।
त्यस्तै, प्रचार प्रसार तथा प्रकाशन विभागको प्रमुख पूर्णबहादुर बस्नेतलाई चयन गरिएको छ । १५ सदस्यीय विभागको सदस्यहरूमा अमरनाथ मण्डल, आतिश मिश्रा, कमन देवान, कान्छा तामाङ, चन्चला पराजुली, देव बहादुर दुरा, पार्वतीकुमार सिंह थारु, प्रेम चन्द्र झा, मनोज यादवलगायत छन् । जितेन्द्र यादवको नेतृत्वमा दुई सदस्यीय सुचना तथा सञ्चार, विज्ञान तथा प्रविधि विभाग पनि गठन गरिएको छ । जसमा महेश चौरसिया सदस्य रहेका छन् ।
बलराम महतोको नेतृत्वमा आर्थिक विभाग पनि गठन गरिएको छ । विभागमा अशोक तेमानी, इफ्तखार अहमद मुसलमान, दीपेन्द्र अग्रवाल, विद्युत् बज्राचार्य, रमेश बाबु श्रेष्ठलगायत छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख अर्जुन थापालाई चयन गरिएको छ । त्यसको सदस्यमा डा.केके राई, दावा शेर्पा, पवन रोय, प्रदीप शान्त धतानी, प्रमोद मिश्र, भरत गुरुङ, मनिष यादवलगायतका रहेको जसपा नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक
-
नेपालका अदालतहरूको कार्यसम्पादन अब्बल छ : मन्त्री चौरसिया
-
पर्यटन दशकबाट मुलुकले ठुलो लाभ लिने विश्वास छ : मन्त्री पाण्डे
-
निर्माण सामग्रीका मूल्यवृद्धिदेखि ठुला आयोजनामा भ्रष्टाचार सम्बन्धी उजुरी लेखा समितिमा
-
बाढी पीडितलाई क्षतिपूर्ति र किसानलाई मल दिन सांसदहरूको माग
-
प्रदेश खारेज नगरे देश अझै समस्यामा पर्नेछ : चित्रबहादुर केसी