ऐतिहासिक पदकसहित स्वदेश फर्किएकी एरिकाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)
![ऐतिहासिक पदकसहित स्वदेश फर्किएकी एरिकाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/arika-gurung-(1)_5CYnxPxCYo.jpg)
काठमाडौँ । चीनका हाङ्झाउमा सम्पन्न २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर नेपाली कराँते खेलाडी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् । कराँते खेलाडी एरिकाले महिला ६८ केजीभन्दा माथिको तौल समूहमा रजत पदक जितेकी हुन् ।
ऐतिहासिक पदकसहित स्वदेश फर्किएकी एरिका, अन्य खेलाडी र प्रशिक्षक कुशल श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । चीनबाट फर्किएको नेपाली खेल टोलीलाई स्वागत गर्न खेल पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।
उनी आफ्नो स्पर्धाको फाइनलमा भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन् । भियतनामकी खेलाडी एनगोआन नुएनले फाइनलमा एरिकालाई ६–० ले हराएकी थिइन् । एरिकाले प्राप्त गरेको रजत पदक देशका लागि ऐतिहासिक हो ।
एसियाली कराँते महासङ्घले आयोजना गर्ने सिनियर एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो नै पहिलो पदक हो । यसअघि कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पदक जिन सकेको थिएन ।
गत वर्ष चीनमै आयोजना भएको भएको १९औँ एसियाली खेलकुदमा पनि एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदको कराँतेमा रजत पदक जित्ने एरिकाले पहिलो नेपाली खेलाडी हुन् ।
यसका अतिरिक्त एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा रजत पदन जित्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । एसियाली खेलकुदमा नेपालका लागि पहिलो रजत पदक जित्ने नेपाली खेलाडी भने तेक्वान्दोकी सविता राजभण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुको नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु
-
सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने