पहिलो पटक ८५ हजार माथि उक्लियो भारतको प्रमुख सेयर परिसूचक
मङ्गलबार, ०८ असोज २०८१, १२ : ०७

नयाँ दिल्ली । मंगलबारको कमजोर सुरुवातपछि भारतको प्रमुख सेयर परिसूचक बीएसई सेन्सेक्स ८५ हजार अङ्क माथि पुगेको छ ।
इतिहासमा पहिलो पटक बीएसई यो स्तर नाघेको हो । अर्को प्रमुख सेयर परिसूचक निफ्टी पनि २६ हजार नजिक पुगेको छ । स्टिल कम्पनी र अटो कम्पनीहरूको राम्रो प्रदर्शनका कारण सेन्सेक्स बढेको हो ।
उक्त दिन सेन्सेक्समा सबैभन्दा धेरै बढेका सेयरहरू टाटा स्टिल, जेएसडब्ल्यू र पावर ग्रिड थिए । सबैभन्दा बढी कमी भने हिन्दुस्तान युनिलिभर, इन्फोसिस र बजाज फाइनान्समा देखिएको छ ।
सेन्सेक्सले चार दिनअघि मात्रै ८४ हजारको अङ्क पार गरेको थियो । सेप्टेम्बर १२ मा परिसूचक ८३ हजारमाथि उक्लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा