बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

छविलाल जोशीको बयान सुरु

मङ्गलबार, ०८ असोज २०८१, ११ : ५६
मङ्गलबार, ०८ असोज २०८१

पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बयान सुरु गरेको हो । 

जे जे मुद्दा आकर्षित हुन्छ सबैमा बयान लिन्छौँ । आजबाट बयान सुरु भएको छ । कम्तीमा ३ दिन लाग्छ । सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा आकर्षित हुन्छन् । हामी मिहिन हिसाबले बयान लिँदै छौं , एसपी मोहन थापा भने । 

जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको थियो । काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप