रेफ्रीहरुको निर्णयलाई लिएर प्रिमियर लिग क्लब रुष्ट, सामूहिक उजुरीको तयारी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा रेफ्रीको नियर्ण बिवादास्पद बन्दै गएको भन्दै सहभागी क्लबहरुले ‘प्रोफेसनल गेम म्यान अफिसियल्स लिमिटेड’ (पीजीएमओएल) का प्रमुख होवार्ड वेबसँग छलफलको प्रक्रिया अगाडि बढाएका छन् ।
जारी सिजनको प्रिमियर लिगमा भर्खर पाँचौँ चरणको खेल सकिएको छ । तर, रेफ्रीको निर्णयलाई लिएर थुप्रै गुनासा सार्वजनिक भएका छन् । यसबिचमा केही खेलमा त रेफ्रीको निर्णयलाई लिएर ठुलै बिवाद पनि भएका छन् ।
म्यानचेस्टर सिटी र आर्सनलजस्ता क्लबहरु पनि रेफ्रीको निर्णयबाट असन्तुष्ट देखिएका छन् । त्यसैले असन्तुष्ट प्रिमियर लिग क्लबहरुले पीजीएमओएलका प्रमुख होवार्ड वेबसँग भेटेर आफ्नो गुनासो राख्ने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ ।
आर्सनल र म्यानचेस्टर सिटी रेफ्री माइकल ओलिभरको भूमिकालाई लिएर असन्तुष्ट देखिएका छन् । म्यानचेस्टर सिटी र आर्सनलबिच गत आइतबार इत्तिहादमा खेलिएको खेलमा ओलिभर रेफ्रीको भूमिकामा थिए । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
उक्त खेलको पहिलो हाफमै रेफ्री ओलिभरले आर्सनलका लिआन्ड्रो ट्रोसार्डलाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए । तर, म्यानचेस्टर सिटीका जेरेमी डोकुले समान प्रकृतिको गल्ति गर्दा रेफ्री ओलिभरले आँखा चिम्लिएको आर्सनलको आरोप छ ।
केही समयअघि पीजीएमओएलले एन्थोनी टेलरलाई प्रिमियर लिगका केही खेलमा रेफ्रीको भूमिका निर्वाह गर्नबाट रोक लगाएको थियो । रेफ्री टेलर चेल्सी र बर्नमाउथबिचको खेलका क्रममा बिवादमा परेका थिए ।
त्यो खेलमा रेफ्री टेलरले इङ्लिस प्रिमियर लिगको इतिहासमै सर्वाधिक १४ वटा पहेँलो कार्ड प्रयोग गरेका थिए । त्यो खेलमा रेफ्रीको भूमिकाको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि ब्यापक आलोचना भएको थियो ।
पीजीएमओएल इङ्लिस प्रिमियर लिगमा आबद्ध रेफ्रीहरुको स्तर सुधार गर्ने उद्देश्यले स्थापित संस्था हो । यो संस्थाको स्थापना सन् २००१ मा गरिएको हो । यो संस्थाले प्रिमियर लिगसँगै इङ्लिस फुटबल लिग कप (काराबाओ कप) र एफए कपमा पनि रेफ्रीको भूमिकाको विषयमा निगरानी गर्छ ।
जारी सिजनको प्रिमियर लिगमा सबै टोलीले पाँच–पाँच खेल खेलिसक्दा म्यानचेस्टर सिटी १३ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । १२ अंकसहित लिभरपुल दोस्रो र समान अंक बटुलेको एस्टन भिल्ला तेस्रो स्थानमा छन् । ११ अंकसहित आर्सनल चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता