बागमतीमा बेपत्ता युवकको १९ घण्टापछि शव फेला
रौतहट । रौतहटमा जितिया पर्व मनाउन साथीहरूसँग सोमवार बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झन्डै १९ घण्टाको खोजीपछि आज बिहान शव फेला परेकाे छ । स्थानीय माधव नारायण नगरपालिका ८ रजावाडा गाउँ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानीय राजेन्द्र सहनीको छोरा वर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थल बाट डेढ किलोमिटर दक्षिण गढो स्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए।
सोमबार बिहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा. रौतहटसहित सुरक्षा बेश भलोहियाबाट १३ जना, इलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरू सहितको टोलीले आज बिहान ६ बजे नदीबाट शव बाहिर निकालेको थियो।
घटनास्थलको मुचुल्का पश्चात् मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित