मनसुन फेरि सक्रिय, काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह
मङ्गलबार, ०८ असोज २०८१, १० : ५१
काठमाडौँ । मनसुन फेरि सक्रिय भएकाले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरिएको छ । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरेका हुन् ।
अगौटे धान बाली भित्र्याउने समय भएकाले मेसिनको प्रयोग गरी छिटो भित्र्याइ हाल्न उनले सुझाएका छन् । काटेको धान खेतमा नछोड्ने, केही काँचोमै काटी सकेको धान चिउरा बनाउन सकिने रिमालले बताएका छन् ।
यस्तै, तरकारीको बीउ छर्दा माटोको ड्याम बनाएर, प्लास्टिकले टनेल बनाएर छर्न आग्रह गरिएको छ ।
महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अद्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
-
टीका चौधरीलाई कांग्रेसले बनायो समन्वय प्रमुख कैलालीको उम्मेदवार
-
कमजोर संरचनाले आर्थिक र मानवीय क्षति बढाउँछ : मन्त्री दाहाल
-
संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गर्ने हो : उपप्रधानमन्त्री पौडेल
-
प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्ति फिर्ता गर्न र माफी माग्न एमालेको आग्रह
-
कीर्तिपुरको मेयरमा डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय