म्यानचेस्टर सिटीका अर्लिङ हाल्यान्डले वाट्फोर्डविरुद्धको खेल गुमाउने
मङ्गलबार, ०८ असोज २०८१, १० : १८

काठमाडौँ । म्यानचेस्टर सिटीका प्रभावशाली स्ट्राइकर अर्लिङ हाल्यान्डले इङ्लिस लिग कप (काराबाओ कप) अन्तर्गत खेलिने वाटफोर्डविरुद्धको खेल गुमाउने भएका छन् । म्यानचेस्टर सिटी र वाट्फोर्डबिचको खेल बुधबार बिहान खेलिने छ ।
२४ वर्षीय नर्वेजियन स्ट्राइकर हाल्यान्ड आफ्नो पारिवारिक मित्रको निधन भएकाले केही समयका लागि स्वदेश फर्किएको समाचारमा जनाइएको छ । उनी न्युक्यासलविरुद्धको खेलका लागि भने म्यानचेस्टर सिटी फर्किने समाचारमा जनाइएको छ ।
हाल्यान्ड म्यानचेस्टर सिटीका प्रभावशाली खेलाडी हुन् । उनले जारी सिजनको प्रिमियर लिगमा पनि केवल पाँच खेल खेल्दै १० गोल गरिसकेका छन् । काराबाओ कपको अन्य खेलमा प्रिमियर लिग क्लब चेल्सीले बारोको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ जना मृतावस्थामा फेला
-
शिक्षक आन्दोलन : ‘सरकारले झुक्यायो, अब सडकले निष्कर्ष निकाल्छ’
-
रुसको ठुलो आक्रमणपछि जेलेन्स्कीमाथि फेरि खनिए ट्रम्प
-
वार्ताको माध्यमबाट शिक्षकहरुको समस्या यथाशीघ्र समाधान गर्न आयोगको आग्रह
-
सम्बन्ध विच्छेदको अफवाहबारे यसो भन्छिन् गोविन्दाकी श्रीमति सुनिता
-
सलमान खानलाई धम्की दिने व्यक्ति पक्राउ