बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कारमा चिनियाँ प्रविधिमा प्रतिबन्ध लगाउँदै अमेरिका

मङ्गलबार, ०८ असोज २०८१, ०९ : ५६
मङ्गलबार, ०८ असोज २०८१

वाशिङटन डीसी । अमेरिकाले  चीन र रुसमा कार, ट्रक र बसका लागि बनेका केही हार्डवेयर र सफ्टवेयरमा प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । सुरक्षा जोखिमतर्फ औँल्याउँदै यस्तो कदम चाल्न लागिएको हो । स्वचालित सवारी साधन र कारलाई अन्य नेटवर्कसँग जोड्न प्रयोग हुने यी प्रविधिबारे आफूहरू चिन्तित रहेको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी सडकमा गुडिरहेको समयमा शत्रुहरूले यी कारलाई टाढैबाट नियन्त्रण गर्न सक्ने अधिकारीहरूको चिन्ता छ । अहिले अमेरिकामा बन्ने कारहरूमा चीन वा रुसमा बनेको प्रविधिहरू निकै कम प्रयोग भइरहेका छन् । अमेरिकाको सुरक्षाका लागि लक्षित सक्रिय कदम चाल्ने गरी योजना बनाइएको अमेरिकी वाणिज्य मन्त्री जिना राइमोन्डोले भनेका छन् ।

अहिलेका कारमा क्यामरा हुन्छन्, माइक्रोफोन हुन्छ । इन्टरनेटसँग जीपीएस ट्र्याकिङ र अन्य  प्रविधिहरू जोडिएका हुन्छन् । विदेशीहरूले यस्ता सूचनामा आफ्नो पहुँच कति सहजै बनाउन सक्लान र यसले अमेरिकाको राष्ट्रिय सुरक्षा र अमेरिकी नागरिकको गोपनीयतामा कस्तो खालको खतरा उत्पन्न हुन्छ भनेर बुझ्न गाह्रो नहुने उनको भनाई छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई अनुचित ढङ्गले लम्ब्याएर चिनियाँ कम्पनीहरूलाई चपेटामा पारेको चीनले आरोप लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप