मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३० प्रतिशत तलब वृद्धिमा हड्ताल रोक्न तयार भए बोइङका कर्मचारी

मङ्गलबार, ०८ असोज २०८१, ०९ : ०४
मङ्गलबार, ०८ असोज २०८१

वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङका कर्मचारीहरू हड्ताल फिर्ता लिन राजी भएका छन् । कम्पनीमा कार्यरत हजारौं कर्मचारीहरूको प्रतिनिधित्व गर्ने कर्मचारी संगठनले चार वर्षको अवधिमा तलब ३० प्रतिशत बढाउने प्रस्ताव स्वीकार गरेको छ । यसलाई संगठनले सबैभन्दा राम्रो र अन्तिम तलब प्रस्ताव भनेको छ ।

नयाँ अफरले कर्मचारीले गरेको कामका आधारमा बोनस दिने व्यवस्थालाई पुनः ब्यूँताएको छ । कम्पनीले २५ प्रतिशत तलब बढाइदिने अफर दिँदा दिँदै पनि बोइङमा काम गर्ने ३० हजार भन्दा धेरै कर्मचारीहरूले अफर चित्त नबुझेको भन्दै यो महीनाको शुरुमा हड्तालमा उत्रिएका थिए । 

आफ्ना कर्मचारी र तिनका चासो अनि चिन्ताहरू सुनेपछि कम्पनीले आफूले सकेको राम्रो र अन्तिम अफर दिएको कर्मचारी संगठनका अधिकारीहरुलाई पठाएको  पत्रमा बोइङले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप