सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्ने
मङ्गलबार, ०८ असोज २०८१, ०८ : ४१

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।
बिहान ९ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।
यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो । समितिले परराष्ट्र मन्त्रालयसँग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन ।
राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक गरेको हुनुपर्ने उल्लेख छ ।
योग्यता नपुगेको पाइएपछि सोमबार भट्टराईको नाम अस्वीकृत गर्न बोलाइएको बैठक कोरम नपुगेको कारण निर्णय नगरी सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक