आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

विश्वकप लिग–२ : आज नेपाल र ओमानबिच प्रतिस्पर्धा

मङ्गलबार, ०८ असोज २०८१, ०८ : १८
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबिच प्रतिस्पर्धा हुने भएको छ । 

मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको शृङ्खला तोड्न ओमानलाई हराउनै पर्ने दबाब छ । 

नेपालले सिरिजमा कम्तीमा ६ अङ्क जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो । 

क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत साबित भएको थियो । 

घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ । 

नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ । किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ । तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप