पूर्णिमालाई सर्वोत्कृष्ट गायिकाको अवार्ड
_1kLfgcDreH.jpg)
काठमाडौँ । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड २०२४’बाट सम्मानित भएकी छन् । ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’मा उनले ‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट आधुनिक तथा पप गायिका विधामा सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गरेकी हुन् ।
कार्यक्रममा गीतसङ्गीत क्षेत्रका करिब एक दर्जन बढी गायक गायिकाले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए । अवार्डले गायनमा लाग्न थप हौसला र प्रेरणा मिलेको गायिका लामा बताउँछिन् ।
करिब डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित करिब सात सय बढी गीत बजारमा आएका छन् ।
उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । सङ्गीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्, ‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान सङ्गीत अधुरो छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात