परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता
मङ्गलबार, ०८ असोज २०८१, ०५ : २६

अमेरिका । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले राष्ट्रसंघको मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् ।
मन्त्री राणा र उपमहासचिव अतुलबीच आज भएको भेटवार्तामा राष्ट्रसंघको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।
नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो