अमेरिकामा नेपालीमाझ प्रधानमन्त्री ओलीले भने, 'गणतन्त्र माँस्ने कुरा सोच्न पनि सकिदैन'

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिहरू कसैले पनि सजिलैसँग माँस्न नसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदायसँगको भेटमा यस्तो बताएका हुन् ।
उनले संविधान कार्यान्वयनमा क्रममा देखिएका कमीकमजोरीहरूलाई सच्याउने गरी संविधान संशोधनको विषयमा छलफल भइरहेपनि लोकतान्त्रिक मूल्यमान्यता, संघीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा कुनै हेरफेर नहुने बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले सजिलै संविधान संशोधन गर्न सक्ने अवस्था समेत नभएको बताए । उनले संविधान संशोधनको विषयमा दलहरुबीच आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
विद्यालयहरू आजीवन कम्पनीमा रहनुपर्छ : नवनिर्वाचित अध्यक्ष अधिकारी
-
निजीकरण विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
-
रुसलाई मनाउने जिम्मा अब अमेरिकाको
-
सात महिनामा बैंकिङ क्षेत्रले कमायो ३७ अर्ब ९१ करोड