चौथो नेपालगञ्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान
काठमाडौँ । चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला भएको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिने जनाइएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ । विभिन्न ९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत गरिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
उनका अनुसार प्रतियोगी सबै फोटोमध्ये सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ । वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लवका पूर्व अध्यक्ष विकास काकीर्को नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछ।
फोटो प्रतिष्पर्धामा रहेका विधाहरुमा समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल रहेका छन् ।
हरेक बिधामा एक जना ब्यक्तिले २ वटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेवसाइट antaral.com.np लगइन गरेर फोटो पठाउन सकिने अन्तरालका प्रमुख कार्यकारी शाहले बताए । 'सिंगो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई सञ्चालन गरिने छ,' उनले भने, 'यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।'
फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरबाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।
साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाडौंका वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ । फोटोग्राफीकै सन्दर्भमा अन्तरक्रिया आयोजना हुनेछ भने त्यसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । फेस्टिवल अवधिमा प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले समेत गरिने शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’