शरीरमा यी चार चीज बढ्नु मुटुका लागि सबैभन्दा खतरनाक
काठमाडौँ । मुटु रोगका बिरामी बर्सेनि बढ्दै गइरहेका छन् । अहिले युवाहरू समेत यसको सिकार भइरहेका छन् । अव्यवस्थित जीवनशैली र खानपानमा हेलचेक्र्याइँ यो रोगको प्रमुख कारण हुनसक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
परिवारमा पहिला नै कसैलाई हृदय रोगसँग सम्बन्धी समस्या भएका व्यक्तिहरूले आफ्नो आनुवंशिक जोखिमलाई ध्यानमा राखेर अझ बढी सावधान हुनुपर्छ । मुटुलाई स्वस्थ राख्ने उपायहरू सानैदेखि दैनिक दिनचर्यामा समावेश गरिएमा यससँग सम्बन्धित समस्याबाट हामी सुरक्षित रहन सक्छौँ ।
मुटु रोग अर्थात् कार्डियोभास्कुलर डिजिज नेपालमा मृत्युको प्रमुख कारण मध्येमा पर्दछ । समय बित्दै गर्दा मृत्युदर झन्झन् बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी सहरी क्षेत्रमा उच्च रक्तचाप, मधुमेह र पेटको बोसो बढ्ने समस्या र मोटोपनाका कारण यस्ता समस्या बढी देखिन थालेका छन् ।
शरीरमा केही अवस्थाहरू बढ्नु मुटुका लागि खतरनाक हुन सक्छन् । यसलाई हामीले बढी गम्भीर रूपमा लिनुपर्छ । हरेक वर्ष सेप्टेम्बर २९ मा मुटुरोग र यससँग सम्बन्धित रोगहरूबारे जनचेतना अभिवृद्धि गर्ने र यसबाट बच्न जनचेतना जगाउने उद्देश्यले विश्व मुटु दिवस मनाइन्छ । शरीरमा कुन कुन समस्या बढ्नु मुटुका लागि हानिकारक हुन्छ थाहा पाइराख्नुस् ।
बढेको रक्तचाप
मुख्यतः रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढ्नुलाई मुटु रोगको प्रमुख कारक मानिन्छ । उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ किनभने सामान्यतः यसमा लक्षणहरू देखिँदैनन् । उच्च रक्तचापमा मुटुले रगत पम्प गर्न कडा मेहनत गर्नुपर्छ । लामो समयसम्म रहने यो समस्याले मुटुको पम्पिङ च्याम्बरको पर्खाललाई मोटो बनाउँछ ।
यसबाहेक उच्च रक्तचापका कारणले मुटुमा रगत पुरयाउने नसाहरू फुट्ने जोखिम पनि हुन्छ जसले गर्दा मुटुको गम्भीर समस्या निम्त्याउन सक्छ । यो पनि हृदयाघातको प्रमुख कारक मानिन्छ ।
कोलेस्ट्रोलको समस्या
उच्च रक्तचाप जस्तै उच्च कोलेस्ट्रोलले पनि मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्छ । उच्च कोलेस्ट्रोलका कारण रक्तनलीको पर्खालमा बोसो जम्मा हुन थाल्छ, जसले धमनीमा रगत प्रवाहमा बाधा पुर्याउँछ । यी जम्मा भएका पदार्थहरू फुटेर ढिक्का बन्छन्, जसले हृदयमा रक्तसञ्चारमा कमी ल्याउन वा रोक्न सक्छ । यसले हृदयाघात वा स्ट्रोक जस्ता समस्याहरू निम्त्याउन सक्छ ।
अत्यधिक तनाव
कोलेस्ट्रोल र ब्लड प्रेसर बढे मात्र मुटुमा हानी पुग्छ भन्ने तपाईंलाई लाग्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईं प्रायः तनावमा हुनुहुन्छ वा डिप्रेसनबाट ग्रस्त हुनुहुन्छ भने यसले पनि तपाईलाई हृदय रोगको जोखिममा पार्न सक्छ ।
तनावका कारण शरीरमा कोर्टिसोल नाम गरेको हर्माेनको स्तर बढ्छ । प्रायः तनावमा रहने व्यक्तिमा कोर्टिसोल हर्माेनको साइड इफेक्टका कारण रक्तचापसँगै सुगर, कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तर पनि बढ्न थाल्छ । यी सबै मुटुका लागि हानिकारक पाइएको छ ।
रगतमा चिनीको उच्च मात्रा
मुटुरोग र मधुमेहबिच गहिरो सम्बन्ध छ । यदि कोही व्यक्ति मधुमेहको सिकार भएका छन् र रगतमा चिनीको स्तर प्रायः उच्च छ भने यसले हृदयलाई पनि असर गर्न सक्छ । रगतमा चिनीको उच्च मात्राले रक्त वाहिकाहरू र स्नायुहरूमा गम्भीर क्षति पुर्याउन सक्छ । मधुमेह न्यूरोप्याथी भएका बिरामीहरूमा नसाहरू धेरै कमजोर हुन्छन् ।
रक्त वाहिकाहरूमा क्षतिले हृदयसम्बन्धी समस्याहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाउन सक्छ । मधुमेहका बिरामीलाई मधुमेह नभएका बिरामीको तुलनामा कम उमेरमा हृदयाघात हुने जोखिम पनि बढी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण