सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
सोमबार, ०७ असोज २०८१, २१ : १९

गुल्मी । सुक्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएका छन् । ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता हुनुभएको हो । घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो । त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ । उक्त सामुदायिक वनको छ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ ।
उनी अझै सम्पर्कमा नआएकोले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीबारे फैसला कार्यान्वयनको पत्र, ‘कैदमा राख्नु सिधा खर्च दिनु’
-
पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा
-
पसलमा नक्कली नोट दिँदा प्रहरीको फन्दामा
-
सोती घटनामा संलग्नलाई सफाइ दिने न्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
परेवा उडाएर ‘बिगुल’ को शुभ–मुहूर्त
-
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित