हिरासतबाट थुनुवा भागेको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
सोमबार, ०७ असोज २०८१, २१ : २०

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा भागेको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालयका जनकपुरका एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा समिति गठन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । समितिमा एसपी बोहरा र इनस्पेक्टर सन्दीप यादवसहित ५ जना सदस्य छन् ।
सोमबार बिहान ३ बजेर ५५ मिनेटमा ९ जना थुनुवा शौचालयको भेन्टिलेटर तोडेर भागेका हुन् । हिरासतबाट अभास्कर कुमार यादव, रोशन कुमार मण्डल, रञ्जित मण्डल अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर र बिक्की कार्की भागेका हुन् ।
उनीहरूमध्ये ७ जना फेला परेका छन् । फरार दुईजनाको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा