दलितलाई आवासको व्यवस्था गर्नुपर्ने माग गर्दै मोर्चा संघर्षमा
रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणमा भइरहेको ढिलासुस्ती एवं मनोमानीका विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
रौतहटको चन्द्रपुरमा सोमबार बसेको आम दलित मोर्चाको केन्द्रीय कमिटीको बैठकले विभिन्न माग गर्दै संघर्षमा उत्रिने चेतावनी दिएको हो । दलित मोर्चाले विभिन्न माग गर्दै सरकारको पटकपटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नगरिएपछि संघर्षमा उत्रिन बाध्य भएको जनाएको छ ।
गरिब दलित समुदायको आवास निर्माण नगरिएको, निर्माण सुरु भएको घर अधुरो नै छोडिएको, निर्माण भएका केही घरको भुक्तानी नगरिएको, सरकारी निकायबाटै ढिलासुस्ती एवं मनोमानीका साथै अनियमितता भएको मोर्चाको निष्कर्ष रहेको छ । यसबारेमा दलित मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली, मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंह लगायताको ध्यानाकर्षण गराएको तर कुनै सुनुवाइ नभएको दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठागा दासले जनाएका छन् ।
‘मधेस सरकारले जनता आवास कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम, महेन्द्रनारायण निधि आवास निर्माण कार्यक्रम ल्यायो तर पनि हामी दलित समुदायको घर निर्माण हुन सकेन । अहिले फेरि मधेस सरकारले मदन भण्डारी आवास निर्माण कार्यक्रम ल्याएको छ । आयोजनाको नाम परिवर्तन हुन्छ तर हाम्रो घर निर्माण हुँदैछ । हाम्रो नाममा लुट्ने काम सरकारले गरिरहेको छ,’ मोर्चाका अध्यक्ष दासले भने ।
गरिब दलित परिवारको सरकारले पटकपटक गरी विभिन्न नामको आयोजना ल्याए पनि गरिब दलितहरूको घर निर्माण नभएकोमा उनले आक्रोश व्यक्त गरे । मधेस प्रदेशमा हजारौँ दलित परिवार घरबार विहीन छन् । उनीहरूको जीवन कष्टकर रहेको छ । चर्को गर्मी होस्, चिसो तथा वर्षातकोको समयमा उनीहरू कष्टकर जीवन बाच्नुपर्ने अवस्था रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईसम्बन्धी छुट्टै नीति ल्याउँदै सरकार, तीन वटा संरचना निर्माण प्रस्ताव
-
स्वीडेनको विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार
-
एआईसम्बन्धी नीति मस्यौदा सार्वजनिक (पूर्णपाठ)
-
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि
-
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने टोलीको बिदाइ
-
दोस्रो विश्वविद्यालय खेलकुद भोलिदेखि