सरकारका सचिवहरूको २४ निर्णय : सिंहदरबार प्रवेशमा ई–पास कार्यान्वयनदेखि बिचौलियाको अन्त्यसम्म

काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने भएको छ ।
सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्नेसहित २४ वटा निर्णय गरेको हो ।
‘गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्दा ई–पास प्रणाली कार्यान्वयनमा ल्याउने’, मुख्यसचिवले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ ।
त्यस्तै बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धतालाई प्रत्येक मन्त्रालयले आ–आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयनलाई शीघ्रता दिने निर्णय पनि गरेको छ ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न क्युआर कोडसहितको एप विकास गरी १५ दिनभित्र लागु गर्ने निर्णय सचिवहरूको बैठकले गरेको छ ।
‘यातायात, मालपोत नापी, वैदेशिक रोजगार, राहदानी, अध्यागमन, जिल्ला प्रशासन कार्यालय जस्ता निकायहरूमा प्रविधिको उपयोग गरी सेवा प्रवाह गर्ने र बिचौलियाको उपस्थिति नहुने विषय सुनिश्चित गर्ने’, निर्णयमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान