शिक्षा पत्रकार समूहले रजत वर्षमा राष्ट्रिय शिक्षा सम्मेलन गर्ने
सोमबार, ०७ असोज २०८१, १९ : ०८
काठमाडौँ । शिक्षा पत्रकार समूहले स्थापना रजत वर्षको उपलक्ष्यमा आउँदो फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । सम्मेलनमा शिक्षा र पत्रकारिताका विविध मुद्दामा कार्यपत्र प्रस्तुत हुने, विविध शैक्षिक मुद्दामा बहस तथा छलफल हुनेछ ।
नयाँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो । स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा समूहले यो वर्षभरि विविध कार्यक्रम गर्दै आएको छ ।
निर्जला कक्षपतिको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिले सोमबारदेखि कार्यभार सम्हालेको छ । गत शनिबार सम्पन्न समूहको १२ औँ अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि पदभार ग्रहण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
-
ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव