रौतहटमा जितिया व्रतालुको डुबेर मृत्यु, एक बेपता

रौतहट । राजदेवी नगरपालिकामा एक जना जितिया व्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ। राजदेवी-८ लक्ष्मीपुर गाउँ छेउको पोखरीमा सोमबार दिउँसो नुहाउने क्रममा स्थानीय ४५ वर्षीया गिरिजा देवी कानुको डुबेर मृत्यु भएको हो ।
व्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको थियो। तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल-११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन्।
मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
उता माधव नारायण-८ रजवडास्थित बागमती नदीमा जितिया पर्वको लागि साथीहरूसँग नुहाउन गएका एक जना युवक बेपत्ता भएका छन्। १८ वर्षीय श्यामलाल सहनी आज दिउँसो साथीहरूसँग बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपता भएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले बताए ।
उक्त स्थानमा १२ बजेर ५ मिनेटमा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेक्वा रौतहटबाट डीएम टोली खटिएको एसपी हुमागाईंले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित