अर्को चन्द्रयान मिसनको तयारीमा भारत

नयाँदिल्ली । चन्द्र यान–३ को सफलता पछि भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी इसरो चन्द्र यान–४ को तयारीमा जुटेको छ । यस अभियानमा भारतले चन्द्रमाको सतहबाट माटो र चट्टान निकाल्ने योजना बनाएको छ ।
भारतको केन्द्र सरकारले यस योजनालाई अनुमोदन गरेको छ । यसका लागि २१ अर्ब ४ करोड भारुको बजेट पनि विनियोजन गरिएको छ । यसलाई सन् २०४० सम्ममा भारतको तर्फबाट चन्द्रमामा मान्छे उतार्ने लक्ष्यको दिशामा अर्को कदमको रूपमा हेरिएको छ ।
‘चन्द्र यान–३ अभियानको सफलताले चन्द्रमाको विशिष्ट स्थानमा उत्रिनु सम्भव बनाएको छ । अर्को चरण भनेको चन्द्रमा सुरक्षित रूपमा पुग्ने र फर्कनु हुनेछ । यो कार्यक्रम चन्द्र यान–३ भन्दा बढी जटिल छ’ इसरो प्रमुख एस.सोमनाथले भनेका छन् ।
के हो चन्द्र यान–४ मिसन ?
चन्द्र यान–४ मिसन दुई रकेट, एलएमवी–३ र पीएसएलवीद्वारा अलग अलग उपकरणको दुई सेटमा चन्द्रमामा पठाउने मिसन हो । यसमा अन्तरिक्ष यान चन्द्रमामा उत्रिएर आवश्यक माटो र चट्टानहरूको नमुना सङ्कलन गर्नेछ, यसलाई एउटा बाक्सामा राखेर चन्द्रमाबाट यान पृथ्वीमा फिर्ता आउनेछ ।
यी सबै गतिविधिहरू पूरा गर्न अलग अलग खालका उपकरण डिजाइन गरिएका छन् । सफल भयो भने यस परियोजनाले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा भारतलाई निकै अगाडि लैजानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने