मुगु जिल्ला ६५औँ साक्षर जिल्ला घोषणा

मुगु । हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ ।सोमबार एक औपचारिक कार्यक्रम गर्दै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरूले साक्षर पालिका घोषणा गरेपछि मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसहित सरोकारवालाहरूले सामूहिक रूपमा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय सरकारहरूले १२ सूचकहरू मध्य ६ सूचक पूरा गरेका छन् बाँकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउँदा ध्यान दिन सुझाव दिएका छन् ।
नागरिक अगुवा रूप बहादुर मल्लले साक्षर घोषणामा मात्र सीमित नराखेर अबदेखि आफ्ना व्यवहार,आचरण र क्रियाकलापमा पनि साक्षरताको रूप देखाउनुपर्ने बताए ।
मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह