लेबनानले भन्यो- इजरायली हमलामा ५० जनाको मृत्यु, ३०० घाइते
सोमबार, ०७ असोज २०८१, १७ : ४१

बेरुत । इजरायलले हिजबुल्लाहको गढहरूमा व्यापक स्तरको हमला सुरु गरेको छ । सुरक्षित रहन हिजबुल्लाहको गढ आसपासको क्षेत्रबाट टाढा जान इजरायलले सर्वसाधारणलाई चेतावनी पनि दिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दक्षिणी लेबनानको सहर र गाउँहरूमा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्युको भएको छ ।
यी आक्रमणमा बच्चा र महिलाहरू समेत ३०० जना घाइते भएको पनि लेबनानको जनस्वास्थ्य आपत्काल सेन्टरले एक विज्ञप्तिमा भनेको छ । इजरायली सेनाले लेबनानमा बृहत् स्तरमा आक्रमण गर्ने भनेर यसअघि नै इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हागरीले भनेका थिए ।
उनले मानिसहरूलाई हेजबुल्लाहको गढ वरिपरि नबस्नको आग्रह पनि गरेका थिए । आईडीएफका अनुसार हालै हिजबुबुल्लाहले इजरायलमाथि १५० वटा रकेट हानेको थियो । यसको जवाफमा इजरायलले कारबाही तीव्र बनाएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक