चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट

चितवन । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ । चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेकी हुन् ।
टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितिमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितीशालाई छनोट गरेको हो ।
५.९ फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन् ।
चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाइ तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन् ।
आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो ।
१७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन् । उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ ।
एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।
चितवन शक्तिको टिममा अरुणा शाही, सूर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका कोषाअध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’